यूएईमा एक नेपाली महिलाको मृत्यु

Posted on: 09 Apr, 2024

चैत २७, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा एक नेपाली महिलाको मृत्यु भएको छ । अर्घाखाँचीकी राधा न्यौपानेको मृत्यु भएको हो । 

यूएईमै बस्दै आएका श्रीमान नेत्रप्रसाद न्यौपानेसँग आपसी विवाद हुँदा यूएईको अजमानस्थित चाइना मलको भवनबाट खसेर उनको मृत्यु भएको बताइएको छ । 


केही दिनअघि दुई जनाबिच विवाद भएको र सोही क्रममा भवनबाट खसेर उनको मृत्यु भएको खबर आएको उनले बताए । घटनापछि श्रीमान न्यौपाने फरार भएका छन् । 

नेत्रले राधासँग दोस्रो बिहे गरेको र पहिलो बिहे उनले गुपचुप राखेको थापा पाएपछि मदिरा पिएको बेला उनीहरुबीच विवाद भएको बताइएको छ ।

विवादकै क्रममा नेत्रले धकेल्दा यो घटना भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै संघले जनाएको छ । मलबाट खसेकी राधाको शव क्षतविक्षत अवस्थामा फेला परेको बताइएको छ । उनको शव स्थानीय अस्पतालमा राखिएको छ । 

उनीहरु दुबै जनाको यूएईमा रेसिडेन्ट कार्ड भएको र यूएईमा काम गर्दै बस्दै आएको खुलेको छ । यसबारे दूतावासमार्फत आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!