रुसी फौजबाट भागेर आएका सुमन भन्छन्- १५ हजार नेपाली भर्ना छन्, ४ सयभन्दा बढीले ज्यान गुमाए

Posted on: 02 Feb, 2024

माघ १९, काठमाडौँ | रुसी फौजबाट भागेर दुई महिनाअगाडि आएका युवा सुमन राईले रुसमा १५ हजार हाराहारी नेपाली रुसी फौजमा रहेको र ४०० बढीले ज्यान गुमाएको उनको भनाइ छ ।

‘मेरै अगाडि ६ जना मरेको देखेर आएँ’, उनले भने । खोटाङका सुमनले जाँदा ८ लाख र भागेर आउँदा ३ लाख तिरेको बताएका छन् । उनले ऋण काढेर रुस गएको बताए ।

रसियन फौजमा ज्यान गुमाएका र बेपत्ता भएकाका परिवारको पत्रकार सम्मेलनमा उनले सुकेधाराको मेनपावरबाट भिजिट भिसामा रुस पुगेकै भोलिपल्ट भर्ना भएको बताएका छन् । आफूले एक महिना १८ दिन काम गरेर फर्केको उनले बताए ।

असोज १५ मा रुस पुगेका उनी तिहारको अघिल्लो दिन नेपाल फर्किएका थिए । आफ्नो लटमा भर्ना हुनेहरू ८ सय जना रहेको उनले सुनाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!