बाजुरा जिल्ला नेपालको सुदूरपश्चिमाञ्चलको सेती अञ्चलमा अवस्थित एक हिमाली जिल्ला हो । यो जिल्लाको सीमाना बझाङ जिल्ला, हुम्ला जिल्ला, मुगु जिल्ला, कालीकोट जिल्ला र अछाम जिल्लासँग जोडिएको छ। [१] यो जिल्लाको क्षेत्रफल २१८८ वर्ग कि.मि. छ। [१] यो जिल्ला प्रशासनिक हिसाबले २७ गाविस, ९ इलाका, १ निर्वाचन क्षेत्रमा विभक्त छ।
जिल्लाको नामाकरण
जिल्लाको नाम कसरी बाजुरा रहन गयो भन्ने सम्बन्धमा कुनै लिखित प्रमाण भेटन सकिएको छैन तापिन पुराना कहावतहरू अनुसार पहिले यो जिल्लाको आफ्नै स्वतन्त्र अस्थित्व नभई यो क्षेत्र त्यस बेलाको सिजां हालको जुम्ला जिल्ला पर्दथ्यो। त्यसकारण केन्द्रीय शासन जुम्लाबाट संचालन गरिएतापनि शासकका प्रतिनिधिहरू हालको बाजुरा जिल्लामा पनि सहायक दरबार बनाएर बस्ने गर्दथे। उक्त सहायक दरबारलाई "कोट" भनिन्थ्यो। तत्कालिन सिजांदरबारका राजाको आदेश अनुसार यस बाजुरा दरबारबाट वाज चराको नाम समातेर पक्रेर त्यहा पठाउनु पर्दथ्यो। वाजलाई पासोमा हालेर समातिन्थ्यो। भालेबाजंलाई शाही वाज र पोथि वाजलाई झुर्रा वाज भनिन्थ्यो। एक पटक राजाको आफ्नो दरबारमा वाज पठाई दिने आदेश अनुसार पासो थाप्दा उक्त पासोमा शाही वाज न परि झुर्रा वाज पर्न गएछ। शाहीवाज पासोमा पार्न नसकि झुर्रावाज मात्र परेको खबर सहित झुर्रावाज राजाको दरबारमा पठाएछन। राजाले शाहिवाजको चाहना गरेको तर झुर्रावाज प्राप्त भएकोले यस ठाउँको नाम त्यहि पोथीवाजको नाम "भुर्रावाज" लाई उल्टोबाट बाझुर्राकोट राखेछन। त्यहि बाझुर्राकोट पछि अपभ्रंश हुदै बाजुरीकोट भयो र त्यसै बाजुरीकोटको नामबाट बाजुरा रहेको किंवदन्ति पाइन्छ। अर्को भनाई अनुसार यो ठांउमा "बाजुगार्ड" भन्ने नदिको नामबाट बाजुरा जिल्ला नाम रहन गएको हो भन्ने भनाई पनि पाइन्छ।
भूगोल
यो जिल्ला २८ डि १८“उत्तरी देखि २९डि ५” उत्तरी अक्षांश र ८०डि ९ “ पूर्व देखि ८१डि ५” पूर्व देशान्तरसम्म फैलिएको छ। यो जिल्लाको सिमानामा पूर्वमा मुगु र कालिकोट, पश्चिममा बझाङ, उत्तरमा हुम्ला, दक्षिणमा अछाम र कालिकोट जिल्ला पर्दछन्। यो जिल्लाको क्षेत्रफल २१८८ वर्ग किलोमिटर वा २१८८०० हेक्टर रहेको छ। भौगोलिक रूपमा यो जिल्ला हिमाली क्षेत्रमा १३.५%, उच्च पहाडि क्षेत्र –८४.७% मध्य पहाडि क्षेत्र १.७% रहेको छ। यो जिल्ला समुद्री सतहबाट न्युनतम ७२६ मी.(ईकडि गार्ड) देखि अधिकतम ७०३६ मि.(हंशिरेलेख)उचाई सम्म फैलिएको छ। यो जिल्लाको प्रमुख नदिहरू कर्णाली नदि, बुढिगंगा, मालागाड, बार्जुगाड, कोदिगाड, दानसाग, कवाडि, ईकडिगार्ड आदि हुन् भने प्रमुख तालहरू खप्तड ताल, छेडेदह, बुढिनन्दा देवीको पवित्र स्थलमा रहेका ७ वटा ताल आदि हुन्। धरातलीय स्वरूपको आधारमा यो जिल्लाको हावापानी निर्भर गर्दछ। यो जिल्लामा अर्ध उष्ण, समशितोष्ण, शितोष्ण र ठण्डा शितोष्ण गरी चार प्रकारका हावापानी रहेका छन्। यो जिल्लाको औसत तापक्रम गृष्म ऋतुमा १८ डि – ३२डि र हिउदमा ० डि — ५ डि तथा औषत वर्षा अधिकतम ८० ईन्च देखि न्युनतम २५ ईन्चसम्म हुन्छ। यो जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रमा बुढिनन्दा देवी, मालिका, नाटेश्वरी, खप्तड, छेडेदह आदि तथा व्यपारिक महत्वका क्षेत्रमा मार्तडी बजार, कोल्टी बजार, शेरा बजार, ढाव बजार, कुल्देवमाण्डौ बजार आदि रहेका छन्।
जनसङ्ख्या
वि सं २०५८को जनगणना अनुसार यो जिल्लाको जनसंख्या १,०८,७८१ थियो जसमा महिला ५४,९४७ र पुरुष ५३,८३४ थियो। यो जिल्लाको जनसंख्या नेपालको जनसंख्याको ०.४७ प्रतिशत छ। यी मध्ये ५ वर्ष मुनिको जनसंख्या १५,२३३ ७५ वर्ष र सो भन्दा माथिका १,१०८ थियो। यो जिल्लामा घर परिवार संख्या २०,३७८ थियो भने औसत परिवार सदस्या संख्या ५.३४ थियो। यो जिल्लाको जनघनत्व ५० र जनसंख्या बृद्धिदर १.६७ थियो। यो जिल्लाको लैङ्गिक अनुपात ९७.९७ छ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!