असोज ३०, बेनी | प्रदेश नम्वर ४ मा लगातार दोश्रो भूकम्पको धक्का महशुस गरिएको छ । म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुनामा केन्द्रबिन्दु बनाएर सदरमुकाम बेनीबजार तथा आसपासको क्षेत्रमा आज बिहान ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौँका चिन्तन तिमिल्सेनाले दिएको जानकारीअनुसार मुनामा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।
बिहान ५ बजे करिब ५ सेकेन्ड जमिन हल्लिएको स्थानीयले बताएका छन् । त्यसैगरी बेनी आसपास र धौलागिरि गाउँपालिका–७ को ताकमका पनि भूकम्पको ठूलै धक्का महसुस भएको ताकमका गोपाल आचार्यले बताउनुभयो ।
यस अघि पोखरामा आइतबार बिहान साढे २ बजे भुकम्पको धक्का महशुस भएको थियो ।
पोखरालाई केन्द्रविन्दु बनाएर ३ दशमल ८ रेक्टरस्केलको भुकम्प गएको भुगर्भ विभागका उपमहानिर्देशक तथा वरिष्ठ भूगर्भविद् डा सोमनाथ सापकोटाले जानकारी दिएका थिए ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!