चन्द्रमाको सतहमा गुड्ने कार बनाउँदै नासा

Posted on: 04 Apr, 2024

चैत २२, काठमाडौँ । चन्द्रामाको सतहमा लामो दूरी तय गर्न सहज होस् भनेर अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले आफ्नो अन्तरिक्षयात्रीका लागि कार बनाइरहेको छ । यो कामका लागि नासाले निजी क्षेत्रका कम्पनीहरू छानेको छ । 


इन्ट्यूशिव मशिन्स, लुनर आउटपोष्ट र भेन्टुरी एस्ट्रोल्याबलाई नासाले चन्द्रमाको सतहमा गुड्न सक्ने कार बनाउने जिम्मा दिएको हो ।

नासाले यी गाडी बनाउन कम्पनीलाई ४ अर्ब ६० करोड डलर बराबरको ठेक्का दिएको बताइएको छ । यी तीन कम्पनीले अब नासाको अर्टेमिस मून मिशनका लागि लूनर रोभर बनाउनेछन् । यी रोभरको प्रयोग गरेर अन्तरिक्षयात्रीहरू चन्द्रमाको सतहमा टाढासम्म गएर अध्ययन गर्न सक्ने बताइएको छ ।

सन् २०३० सम्ममा यी गाडीहरुलाई अर्टेमिस–५ मिशनमा अन्तरिक्षयात्रीहरुसँग चन्द्रमामा पठाइनेछ । आफूहरुले अर्टेमिस जेनरेशन लूनर एक्सप्लोरेशन भेइकल बनाउन लागेको ह्यूस्टनस्थित नासाको जोन्सन स्पेश सेन्टरका निर्देशक वनेसा वाइसले भनेका छन् । यो गाडीले चन्द्रमामा अन्तरिक्षयात्रीहरुको ताकत र क्षमता निकै बढाउने आशा गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!