उच्च मूल्यमा पुगेर घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार?

Posted on: 02 Apr, 2024

चैत २०, काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४ सय रुपैयाँ ले घटेर १ लाख ३१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुनको मूल्यले रेकर्ड बनाउँदै प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य तोलाको १ लाख ३० हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, मंगलबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!