साउन १७ देखि काठमाण्डौँ केन्द्रीत आन्दोलन तयारी हेटौँडामा

Posted on: 30 Jul, 2017

साउन १५, हेटौडा | सरकारसँग विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका अस्थायी शिक्षकहरुले साउन १७ बाट हुने काठमाण्डौँ केन्द्रीत आन्दोलनको हेटौँडामा तयारी गरेका छन् । 

अस्थायी शिक्षक संघर्ष समिति मकवानुरले आज हेटौँडामा भेला गर्दै काठमाण्डौ केन्द्रीत आन्दोलनको तयारी गरेको हो । १७ गते हुने प्रर्दशन तथा १८ गतेबाट हुने आमरण अनसनको लागि मकवानपुरबाट पनि उल्लेख्य सहभागिता गराउने उदेश्यले भेलाको आयोजना गरेको अस्थायी शिक्षक संघर्ष समितिका मकवानपुर सचिव सुनिल गौतमले बताए । भेलामा बोल्दै संघर्ष समितिका केन्द्रीय सचिव तथा मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहालले यो आन्दोलन अन्तिम भएको बताए । 

वर्षौबाट शिक्षासेवा गर्दै आएका अस्थायी शिक्षकहरुलाई अन्यायपूर्ण ढंगबाट हटाउन खोजिएको र सरकारसँग भएको ४ बुँदे पनि कार्यन्वयन नगर्ने तर्फ अघि बढेको भन्दै अब शसक्त आन्दोलन हुने बताए । अस्थायी शिक्षकहरुले ‘वन पोष्ट वन अवधारणामा’ कम्तिमा ४० अंकमा पास हुनुपर्ने ब्यवस्था हुनुपर्ने, सबै अस्थायी शिक्षकहरुलाई परिक्षामा सहभागिता गराईनुपर्ने लगाएतमो मागहरु रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!