यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on: 01 Jul, 2022

असार १७, काठमाडौँ | नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै अमेरिकी एक डलरको खरिद दर १२६ रुपैयाँ ०६ पैसा र बिक्री दर १२६ रुपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १३१ रुपैयाँ  २८ पैसा र बिक्री दर १३१  रुपैयाँ ९० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५२  रुपैयाँ ८४ पैसा र बिक्री दर १५३ रुपैयाँ ५६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४१ पैसा र बिक्री दर ३४ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!