सुनको भाउमा वृद्धि, कतिमा हुदै छ कारोबार ?

Posted on: 29 Jun, 2022

असार १५, काठमाडौँ | सुनको भाउ बुधबार १०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँ तोकिएको छ । त्यस्तै बुधबार चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । बुधबार चाँदीको भाउ प्रतितोला एक हजार २४० रुपैयाँ कायम छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!